काठमाडौँ, ७ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
१९८१ असार १५ मा भक्तलाल र तुलसीमाया श्रेष्ठको सन्तानको रुपमा रामेछापको भँगेरी गाउँमा पुष्पलालको जन्म भएको थियो । उहाँको निधन २०३५ साउन ७ मा भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उहाँको पार्थिक शरीरलाई नेपाल ल्याउन दिएको थिएन ।
१९९७ मा दाजु गंगालाललाई राणाशासन फाल्न लागेको आरोपमा मृत्युदण्ड दिएपछि पुष्पलाल दाजुको अभियानलाई पूरा गर्नका लागि राजनीतिमा सक्रिय हुनुभएको थियो । नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाललाई नेपालभरिका कम्युनिस्ट पार्टीले सम्झने गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्