विश्व

भारतले पठायो चन्द्रमामा रकेट



एजेन्सी, ७ साउन । भारतले चन्द्रमामा रकेट पठाएको छ ।

भारतीय खगोल अनुसन्धान संगठनले सोमबार आन्ध्र प्रदेशको श्रीहिरकोटाबाट स्थानीय समय अनुसार २ बजेर ४३ मिनेटमा चन्द्रयान २ नामको रकेट प्रक्षेपण गरेको हो ।

चन्द्रमा पठाइएको रकेटको नाम चन्द्रयान २ र उपनाम बाहुबली दिइएको छ । भारतले यो रकेट चन्द्रमाको दक्षिण ध्रुवमा अवतरण हुने अनुमान गरिएको छ । हालसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै यान अवतरण भएको छैन । रकेट पृथ्वीको कक्षमा पुगिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।