सप्तरी, ७ साउन । सप्तरीमा मेघगर्जनसँगै वर्षासँगै परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
आज बिहान मृत्यु हुनेमा सप्तरीको सुरुङ्गा नगरपालिका–३ बस्ने ५५ वर्षीय हरिहर चौधरी र हनुमाननगर कङ्कालिनी नगरपालिका–११ का ४५ वर्षीया शिवसती देवी पण्डित रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
खेतमा काम गरिरहेको अवस्थामा चौधरीको र खेतबाट घर फर्किने क्रममा पण्डितको चट्याङ् लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै खेतमा काम गरिरहेका आफ्ना पतिलाई खाना पु¥याएर घर फर्कने क्रममा चट्याङ् लागेर पण्डितको मृत्यु भएको प्ररीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्