समाचार

ट्रक पल्टिँदा दुई जनाको मृत्यु, आठ जना घाइते



हेटौंडा, ७ साउन । हेटौंडामा भारतीय ट्रक पल्टिँदा ७ वटा सवारी ठोक्‍किएका छन् ।

मंगलबार रातोमाटेमा एनएलओआइडी ८०३१ नम्बरको भारतीय मालबहाक ट्रक पल्टिँदा ना१ह८८२४ नम्बरको अटोलाई किच्दा चालक मकवानपुरको बसामाडी-३ घर भई हेटौंडा-९ बस्ने ३० वर्षीय सुजनकुमार ढकालको मृत्यु भएको छ ।

अर्का मृतकको भने सनाखत भएको छैन । उक्त दुर्घटनामा ८ जना घाइते भएका छन् ।