समाचार

आज भारी वर्षा हुने



काठमाडौँ, ८ साउन । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही देशका अधिकांश स्थानहरुमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा भने भारी वर्षाको अनुमान गरिएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली भई अधिकांश स्थानहरुमा वर्षा भईरहेको छ ।

आज राती देशभर सामान्य देखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ भने अधिकांश स्थानहरुमा समान्य देखी मध्यम वर्षा हुने कहाशाखाले जनाएको छ ।