विश्व

बेलायतको नयाँ प्रधानमन्त्री जोन्सन बन्ने पक्का



एजेन्सी, ८ साउन । बेलायतका नयाँ प्रधानमन्त्री बोरिस जोन्सन बन्ने भएका छन् ।

कन्जर्भेटिभ पार्टीको नेताका रुपमा निर्वाचित भएपछि जोन्सन टरिजा मेको उत्तराधिकारीका रुपमा बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

लण्डनका पूर्व मेयर र विदेश मन्त्रीसमेत बनिसकेका जोन्सनले ९२ हजार १ सय ५३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी हन्टले ४६ हजार ६ सय ५६ मत प्राप्त गरे ।

बुधबार बेलायती संसदमा हुने प्रश्नोत्तर कार्यक्रममा सहभागी भएपछि कामचलाउ प्रधानमन्त्री टरिजा मेले महारानीसमक्ष राजीनामा बुझाउनेछिन् । त्यसपछि मेको उत्तराधिकारीका रुपमा बकिंघम प्यालेस गएर महारानीबाट जोन्सनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेछन् ।