काठमाडौँ, ८ साउन । गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्तको बलात्कारी तथा हत्यारा पत्ता लगाएर कार्वाही गरिने बताएका छन् । यो घटना जघन्य अपराध भए पनि नयाँ र पहिलो नभएको पनि उनले दावी गरेका छन् । उनले यस्ता घटनालाई पूर्ण रूपमा रोक्न नसकिने भए पनि दोषी पत्ता लगाउन सबै प्रयास जारी राखिएको बताए ।
आर्थिक वर्ष २०७५\७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाका विषयमा मंगलबार गृहमन्त्रालयमा आयोजित अन्तक्र्रियामा गृहमन्त्री थापाले बलात्कारका घटनाका दोषीलाई धमाधम कानुनी कारबाहीमा ल्याइएको दाबी गरेको खबर राजधानी दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्