समाचार

जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते



बैतडी, ८ साउन ।  बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

बुधबार बिहान पाटन नगरपालिका–८ खोडपेमा ग १ ज ५२२४ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट करिब २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।