काठमाडौँ, ८ साउन । फिल्म ‘हजार जुनीसम्म’को रिलीज डेट परिवर्तन भएको छ ।
साहोले रिलीज मिति श्रावण ३० लाई तोक्दा नेपाली फिल्म ‘हजार जुनीसम्म’ भदौ ६ गतेको लागि सरेको थियो । यो फिल्म अर्को नेपाली फिल्म ‘जाइरा’सँग रिलीज हुन तयार भएपनि पछिल्लो समय ‘साहो’को मिति हलचलले नेपालमा पनि हलचल भयो । अब आफ्नो पुरानै मितिमा ‘हजार जुनीसम्म’ रिलिज हुनेछ । अब ‘साहो’ भदौ १३ मा रिलीज हुँदैछ, जुन मितिमा दुई नेपाली फिल्महरु ‘कबड्डी कबड्डी कबड्डीु र ‘मारुनी’ रिलीज हुँदैछन ।
‘हजार जुनीसम्म’मा आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, प्रियंका कार्की, सलोन बस्नेत, संचिता लुइटेल, शिवहरि पौडेल, अनुभव रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ ।










प्रतिक्रिया दिनुहोस्