समाचार

दुई समूहबीच छुरा हानाहान : १ जनाको मृत्यु, २ घाइते



झापा, ९ साउन । दमकमा दुई समूहबीच छुरा हानाहान हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घााइते भएका छन् ।

बुधबार दमक १ दुर्गा मन्दिर पछाडि भृकुटी टोलमा छुरा हानाहान हुँदा दमक नगरपालिका २ का १८ वर्षीय विक्रम लिम्बूको मृत्यु भएको हो ।
छुरा प्रहारबाट सोही वडाका १८ वर्षीय सुजन भुजेल र दमक ३ का १८ वर्षकै सरोज भण्डारी घाइते भएका छन् ।

भण्डारीको उपचार बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भइरहेको छ । भुजेलको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुमाथि इलाम चुलाचुलीस्थित पेल्टीमारी घर भई दमक १ हवल्दार चोकमा बस्ने कुसल मगर, दमक १ कै अभिषेक राईलगायत युवकहरुले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।