राजनीति

रत्नपार्क-जमल सडक तत्काल मर्मत गर्न सडक विभागको निर्देशन



काठमाडौँ, ९ साउन । काठमाडौँको मुख्य केन्द्रको रुपमा रहेको रत्नपार्क–जमल सडक तत्काल मर्मत गर्न सडक विभागका डिजि केशव कुमार शर्माले मातहतका निकायलाई तथा सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।

राजधानीको मुख्य केन्द्र रत्नपार्क एरियामा सडकका खाल्टाखुल्टीहरु तत्काल पुर्न सडक विभागका प्रमुख शर्माले निर्देशन दिनुभएको छ । राजधानीको अति ब्यस्त उक्त सडकमा रहेका खाल्टाखुल्टीका कारण हरेक दिन सडक दुर्घटनाहरु भई रहेको र सम्बन्धित निकायको ध्यानपुर्याउन युवा संघ नेपालका नेता बिष्णु हरि त्रिपाठीले सामाजिक संजाल मार्फत ध्यानाकर्षण गर्नुभए लगत्तै डिजि शर्माले सम्बन्धित निकायलाई उक्त सडकका खाल्टाखुल्टीहरु तत्काल मर्मत गर्न निर्देशन दिनुभएको छ । पानी पर्न रोकिने बित्तिकै सडक मर्मतको काम सुरु गर्ने जानकारी दिनुभएको छ ।