काठमाडौँ, ९ साउन । आज देशको पूर्वी एवं पश्चिम तराइका केही भु-भागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘मनसुनको न्यून चापिय रेखा नेपालको पहाडी क्षेत्रबाट तराई भू-भाग हुँदै दक्षिणतिर सरेको छ जसका कारण पहाडी क्षेत्रमा पानी पर्ने क्रम घट्दै गएको छ तर पूर्वी-पश्चिम तराई भू-भागमा भने भारी वर्षा हुने’ महाशाखाले जनाएको हो ।
दिउसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा वर्षा हुनेछ। देशको पश्चिम तराईका तथा पूर्वका एक वा दुई स्थानहरुमा भारीको सम्भावना रहेको छ । राती देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुनेछ । देशको पश्चिम तराईका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्