तनहुँ, ९ साउन । तनहुँमा सवारीसाधनको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामीको पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सवारीसाधनको ठक्करबाट घाइते भएका दर्लामीको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्