समाचार

चार बालकको पोखरीमा डुबेर मृत्यु



काठमाडौँ, ९ साउन । पोखरीमा डुबेर कैलाली र धनुषामा गरि चार बालकको मृत्यु भएको छ ।

कैलालीमा नदीमा डुबेर लम्किचुहा नगरपालिका–६ गुलरा स्थित चरेला नदीमा डुबेर १५ वर्षीया कल्पना चौधरी र घोडाघोडी नगरपालिका–१ बेलार स्थित सुक्तिकाँडा नदीमा दैलेखबाट फुपुलाई भेट्न घोडाघोडी आएका १६ वर्षीय नवराज न्यौपानेको डुबेर मुत्यु भएको हो ।

त्यस्तै धनुषामा पोखरीमा डुबेर गणेशमान चारनाथ नगरपालिका–२ वीरेन्द्र बजारस्थित पोखरीमा पौडी खेल्ने क्रममा स्थानीय सविन मगरका १२ वर्षीय छोरा आदित्य र हरिबहादुर मगरका ११ वर्षीय छोराको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।