राजनीति

चीनसहित नौ देशले जोगाइदियो विश्वमै नेपालको इज्जत : भारतले सहयोग गरेन



काठमाडौँ, ९ साउन । नेपालको विश्वसम्पदा क्षेत्रप्रति चासो देखाउँदै चीनसहित विश्वका नौ राष्ट्रले नेपालको सम्पदा खतराको सूचीमा पर्नबाट जोगाइदिएका छन् भने छिमेकी देश भारतले भने नेपालको सम्पदा संरक्षणमा सहयोग गरेन ।

नेपालको सम्पदालाई खतराको सूचीमा पर्न नदिन सहयोगी मुलुकहरुमा चीन, इन्डोनेशिया, जिम्वावे, कतार, तान्जानिया, ब्राजिल ग्वाटेमाला, क्युवा र अंगोला रहेका छन् । यी राष्ट्रले नेपालको विश्वसम्पदा क्षेत्रलाई खतराको सूचीमा राख्न नहुने दबाब दिएपछि युनेस्को समितिले खतराको सूचीमा नराख्ने निर्णय गरेको छ ।

युनेस्को ४३औं विश्वसम्पदा सेक्सनले उपत्यकाको काठमाडौँ, भक्तपुर, पाटन दरबार क्षेत्र, बौद्धनाथ, स्वयम्भु, पशुपति र चाँगुनारायण क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिएको थियो ।

इन्डोनेशिया युनेस्को कार्यकारी समितिको अध्यक्ष हो । यसअघि युनेस्कोले उपत्यकाको सातवटा विश्वसम्पदा क्षेत्र खतराको सूचीमा राख्ने पाचौं पटकको प्रस्ताव विफल भएको छ । युनेस्कोले भूकम्प लगत्तै सन् २०१५ हरेक वर्षको सेक्सनदेखि गएको वर्षसम्म उपत्यकाको सात क्षेत्रलाई खतराको सूचीमा राख्ने चेतावनी दिँदै आएको थियो ।