Banner News

प्रधानमन्त्री ओलीद्वारा बेलायतका प्रधानमन्त्री जोनसनलाई बधाई



काठमाडौँ, ९ साउन । प्रधानमन्त्री केपी ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री ओलीले जोनसनलाई सफल कार्यकालका साथै बेलायत र बेलायती जनतामा शान्ति र समृद्धिको कामना गर्दै जोनसनको कार्यकालमा द्विपक्षीय सम्झौताका बारेमा छलफल र काम हुने उल्लेख गरेका छन् ।

नेपालको दौत्य सम्बन्ध कायम भएको सबैभन्दा पुरानो मित्र राष्ट्र वेलायत रहेको बताउदै प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भनेका छन,  आपसी हितका विभिन्न क्षेत्रहरुमा वर्षांैदेखि दुई देशबीचको मित्रता झनै फराकिलो र गहिरो बनेको छ । नेपालमा लामो समयदेखिको राजनीतिक संक्रमणको अन्त्य गर्दै हामीले विकासका प्राथमिकताहरु तय गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्टिकय आकांक्षा तय गरेका छौं । त्यसैले हामी वेलायतजस्तो हाम्रो महत्वपूर्ण मित्र राष्टकबाट हाम्रो सामाजिक आर्थिक विकासको लक्ष्य हासिल गर्न उच्च स्तरको सहयोगको अपेक्षा गर्दछौं । ”

प्रधानमन्त्री ओलीले सफल कार्यकाल तथा वेलायती जनताको शान्ति, प्रगति एवं समृद्धिका लागि शुभकामना प्रकट गर्दै भनेका छन “म आउने दिनमा दुई देशको सम्बन्ध अझ मजवूत बनाउन तपाईसँग निकटतापूर्वक काम गर्ने आशा गर्दछु ।”

प्रधानमन्त्री जोनसन बुधबार मात्र प्रधानमन्त्री नियुक्त भएका थिए । उनले प्रधानमन्त्री नियुक्त भएलगत्तै मन्त्रिपरिषद् विस्तार गरेर काम सुरु गरिसकेका छन् ।