समाचार

दुई प्रहरी नायब निरीक्षक घुससहित पक्राउ



काठमाडौँ, ९ साउन । काठमाडौँबाट नेपाल प्रहरीका दुई प्रहरी नायब निरीक्षक (सई)घुससहित पक्राउ परेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १८ हजार घुस लिँदैं गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग गौशलामा कार्यरत सईद्धय रमेशकुमार पाण्डे र राजु स्वर्णकारलाई  बुधबार साँझ घुससहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।