बारा, ९ साउन । बारामा नक्कली लाइसेन्स बनाउने एक जना पक्राउ परेका छन् ।
मंगलबार जितपुर बजारबाट सिमरा उपमहानगरपालिका-७ का ३१ वर्षीय दीपक अर्याललाई नक्कली सवारी चालक अनुमतिपत्र बिक्रीमा संलग्नको आरोपमा प्रहरीले पक्राऊ गरेको हो ।
अर्यालले हेभी चालक लाइसेन्सका लागि ५० हजार र हल्का सवारी साधनको लाइसेन्सका लागि रु.१० हजारका दरले रकम असुल्ने गरेको पीडितले प्रहरीलाई बताएका छन् ।
प्रहरीले उनको साथबाट नक्कली सवारी चालक अनुमतिपत्र ५ थान र सवारी चालक अनुमति पत्र लिन बुझाएको रसिद भरपाइसमेत बरामद गरेको छ ।
प्रहरीले अर्यालविरुद्ध जिल्ला अदालत, बारामा लिखत कीर्ते अभियोग लगाएर मुद्दा दर्ता गराएको छ । अदालतबाट ५ दिनको म्याद थप भएकाले उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्