समाचार

लागू औषधसहित एक महिला पक्राउ



विराटनगर, १० साउन । विराटनगरबाट औषधसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर-१५ रामजानकी मन्दिर नजिकैबाट इलाका प्रहरी कार्यालय विराटनगरको गस्ती टोलीले ठूलो परिणाममा लागू औषधसहित सोही ठाउकी ३२ वर्षीया अरजिना खातुनलाई पक्राउ गरेको हो ।

संकास्पद महिला त्यहाबाट भाग्न खोज पछि उनको झोलामा हेर्दा लागू औषध लुपिजेसिक २०० एम्पुल, एभिल २०० एम्पुल, डाइजेल्याव २०० एम्पुल, स्पास्मो १४४ चक्की, नाइट्रेसन ३० चक्की, डाईजेल्याप ५ बोतल फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेकी खातुनमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।