सम्पादकीय

हवाई जहाज चढेर हुम्ला पुग्यो एक करोड मूल्य बराबरको तरकारी



हुम्ला जिल्लाई सडक यातायातले जोडेको छैन । नेपालकै दुर्गम मध्येको एक जिल्ला हुम्लामा वर्षमा हवाई चढेर एक करोड १२ लाख रुपिँयाको तरकारी पुग्छ भनेर धेरैलाई पत्यार नलाग्न सक्छ । तर तथ्याङ्बाट त्यो कुरा पुष्टि भएको छ । गत आर्थिक वर्षमा हुम्ला सिमकोटमा मात्रै एककरोड १२ लाख बराबरको तरकारी आयात भएको छ ।

आवश्यक अनुसार तरकारी उत्पादन नभएपछि नेपालगंज र सुर्खेतबाट महङ्गो हवाई ढुवानी गरेर तरकारी आयात भएको हो । यसमा यात्रुहरुले साथमा ल्याउने तरकारीको मुल्य समावेश गरिएको छैन । मङ्सिरदेखि जेठ महिनासम्म प्रतिदिन दुईसय क्वीन्टल र असारदेखि कार्तिक महिनासम्म प्रतिदिन औसत एकसय क्विन्टल तरकारी नेपालगंज र सुर्खेतबाट सिमकोटमा हवाई मार्गबाट ढुवानी भएर आउने उद्योग बाणिज्य संघ हुम्लाका विमानस्थल प्रतिनिधि टेकबहादुर रोकायाले बताउनुभयो ।

मानसरोवर कैलाशको पर्यटकीय सिजनमा हेलिकोप्टरबाट तरकारी होटेल व्यवसायीहरुले भित्र्याउने गरेका छन् । यसरी प्रत्येक दिन प्रत्येक यात्रुहरुले दुईचार किलो हरियो तरकारी हातमै बोकेरै आउने गरेका छन् ।

अहिले नेपालगंजबाट प्रतिकिलो ढुवानी दर एकसय २० रुपियाँ र सुर्खेतबाट प्रतिकिलो एकसय पाँच पियाँ रहेको छ । गएको एक वर्षमा जेठदेखि कार्तिकसम्म एकसय ५० दिनमा प्रतिदिन एकसय केजी तरकारी नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुँदै आएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।