काठमाडौँ, १० साउन । नेपाल टेलिकमले नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनरअपको उपाधि जित्न सफल भएको छ ।
टेलिकमले आर्थिक वर्ष०७४-७५ को वित्तीय विवरणहरू प्रस्तुतीकरण सम्बन्धी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले वार्षिक रुपमा प्रदान गर्ने नेसनल बेस्ट प्रिजेन्टेड अनुअल रिपोर्ट अवार्डमा रनरअपको उपाधि जित्न सफल भएको हो ।
विभिन्न विधामध्ये कम्पनीले सामान्य क्षेत्र वर्ग ५ को सेवा क्षेत्रमा सो उपाधि हासिल गर्न सफल भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई सो अवार्ड प्रदान गरेका हुन् ।
आइक्यानले साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा)ले निर्धारण गरेको मापदण्डलाई आधार मानी उक्त अवार्डको घोषणा गर्ने गरेको छ ।










प्रतिक्रिया दिनुहोस्