जनकपुर, ११ साउन । संघीय सरकारका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले प्रदेश सरकार बिना बन्दुकको आवाज लगाइरहेको बताउनुभएको छ ।
जनकपुरधाम विमानस्थलमा रिफ्युलिङ्ग स्टेशनको शुक्रबार उद्घाटन गर्दै आपूर्तिमन्त्री यादवले धम्कीको भाषा नबोल्न प्रदेश २ सरकारलाई चेतावनी दिनुभएको छ । जनकपुर चुरोट कारखाना संचालनको कुरा गर्दा प्रदेशका मन्त्रीहरुले धम्कीपूर्ण भाषाको प्रयोग गरेको भन्दै उहाँले भन्नुभयो, ‘प्रदेश सरकार बिना बन्दुकको आवाज लगाइरहेको छ । यस किसिमको धम्कीको भाषा प्रयोग नहोस् ।’ मन्त्री यादवले देश २ को विकासमा प्रदेश सरकार नै बाधक भएको समेत बताउनुभयो ।
संघीय सरकारले बन्द उद्योगहरु संचालन गर्न खोजेपनि प्रदेश सरकार बाधक बनेको उहाँले आक्रोस व्यक्र गर्नुभयो । सरकारले जनकपुर चुरोट कारखाना फेरि चलाउन खोजेको तर प्रदेश सरकारले कब्जा जमाएर बसिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘विकास गर्ने हो भने, कब्जा गर्ने नीतिलाई छाड्नुपर्छ, संघ र प्रदेशसँगै सहकार्य गरेर अगाडि बढ्नु जरुरी छ ।’










प्रतिक्रिया दिनुहोस्