काठमाडौँ, ११ साउन । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
शुक्रबार काठमाडौँमा आयोजित ‘बाँध, बाढी र डुबान’ विषयक बहस कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल-भारत डुबान समस्याको दीर्घकालीन समाधानका लागि ३ वर्षअघि दुई देशबीचको प्राविधिक टोलीले तयार पारेको डुबान समस्या समाधनसम्बन्धी प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने पनि बताउनु भयो । प्रतिवेदनमा भारतले आफूले बनाएको बाँधका कारण नेपालको भूमि डुबान भएको स्वीकार गरेको पनि मन्त्री ज्ञवालीले दाबी गर्नुभयो ।
मन्त्री ज्ञवालीले छिटै बस्ने दुई देशबीचको परराष्ट्र मन्त्रीस्तरीय बैठकले समस्याको दीर्घकालीन समाधान खोज्ने मन्त्री ज्ञवालीको विश्वास छ । मन्त्री ज्ञवालीले बाढी-पहिरो पीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन सरकारले प्राधिकरण गठन गर्न लागेको पनि जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्