एजेन्सी, ११ साउन । लिबियामा पानी जहाज डुब्दा १५० जनाको मृत्युको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसिआर)का अनुसार तीन सयजना सवार पानी जहाज डुब्दा १५० जनाको मृत्यु भएको हो । माछा मार्न तटीय क्षेत्रमा गएका स्गानीय झण्डै १३७ जनाको उद्धार गरेको जनाइएको छ ।
ज्यान गुमाएका आशंका गरिएका १५० जनाको मृत्यु पुष्टि भएमा यो वर्ष भू–मध्यसागरमा भएको सबैभन्दा ठूलो दुर्घटना हुनेछ । अहिलेसम्म तटरक्षकहरुले एकजनाको मात्रै शव निकालेका छन् ।
प्रतिक्रिया दिनुहोस्