भक्तपुर, १३ साउन । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले निर्माणाधिन भक्तपुर–नगरकोट सडक स्थलगत निरिक्षण गर्दै यो वा त्यो बहानामा विकास निर्माण रोक्ने छुट कसैलाई नभएको बताएको छ ।
नेपाल सरकारको ४९ तथा भारत सरकारको ५१ प्रतिशत संयुक्त लगानीमा भक्तपुरको भत्केकोपाटी हुँदै पर्यटकीय क्षेत्र नगरकोट पुग्ने सडक ६ वर्ष सम्म निर्माण समपन्न नभएको सडकमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत तथा चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्रको विशेष पहलमा भएको समितिको अनुगमनले सडक निर्माणको ठेक्का पाएको शैलुङ निर्माण सेवाले निर्माणमा चरम लापरवाही गरेको निस्कर्ष निकालेको छ ।
ठेक्का लिने कम्नीले लापरवाही गर्दा जनताको दैनिक जीवनमा ठूलो समस्या भइरहेको उल्लेख गर्दै आउनै लागेको पर्यटन वर्ष २०२० सम्ममा कुनै पनि हालतमा उक्त सडकको निर्माण सम्पन्न गर्न ठेगदार कम्पनी तथा सम्बन्धीत निकायलाई हार्दिकता पूर्वक आग्रह समेत गरेको छ । उक्त समयसम्म निर्माण गर्दा समितिलाई कामको प्रगतिको विवरण समेत पेश गर्न निर्देशन दिएको छ ।
टोलिले गरे काम सम्भव हुन्छ भन्ने प्रमाणित भएको बताउँदै समितिले अनुगमन गर्ने भएपछि रातारात सडकको खाल्डाखुल्डी पुर्न सक्नेले ६ वर्षसम्म किने निर्माण सम्पन्न गर्न सकेन भनि निर्माण कम्पनीलाई जवाफ समेत मागेको थियो । त्यस्तै स्थानीयवासीले समेत निर्माण कम्पनी तथा सरोकारवाला निकायसँग २ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने काम ६ वर्षसम्म सम्पन्न गर्न नसक्नुको दोष निर्माण कम्पनी की सरकारको भएको भनि प्रश्न गरेका थिए । जसमा उत्तर दिँदै कम्पनीका प्रतिनिधि सुदन गैरेले सरकारद्वारा रकम निकासा नगरेको, करिव ३० महिनासम्म निर्माण स्थलमा रुख काट्न नपाएको, दिनमा टिपर चलाउनु नपाउने र रातमामात्र चलाउनुपर्ने भएकाले आवश्यक सामग्री व्यवस्थापन गर्न नसकेकोले निर्धारित समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । उहाँले हालसम्म करिव ६० प्रतिशत प्रगति भएको साथै ९५ प्रतिशत स्ट्रक्चर तयार भइसकेकोले यो आर्थिक वर्षभरमा निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समितिका सभापति कल्याणी खड्काको नेतृत्वको समितीका सदस्यहरु, भक्तपुरका सांसद, स्थानिय जनप्रतिनिधि, सरकारी निकाय, स्थानीय बासिन्दाले सडकको स्थलगत अनुगमनका क्रममा निर्माण व्यवसायी शारदा प्रसाद अधिकारीको स्वामित्वमा रहेको निर्माण कम्पनी शैलुङ्ग कंस्ट्रक्सनले नगरकोट पर्यटन व्यवसाय समेत धरासायी भएको भन्दै स्थानीयवासीले आक्रोस समेत व्यक्त गरे । स्थानीय दवास समुहका अध्यक्ष राजकुमार लामिछानेले भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद तथा नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललाई जनताले चिन्न समेत समस्या भएको बताउँदै सांसद सुवाल जनताको समस्या तथा सुख दुःखमा उपस्थित नहुने गरेको बताउनुभयो । उहाँले वर्तमान समयमा उक्त सडकको समस्याहरु प्रस्तुत गर्दै निर्माण कम्पनीले चरम लापरवाही गरेको जानकारी गराउनुभयो । उहाँले सडक निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए स्थानीयवासीले नै समाधान गर्ने भन्दै निर्माण कम्पनीले कुरा गर्ने तर काम नगर्ने गरेको बताउनुभयो ।
पर्यटन व्यवसायी धन बहादुर लामाले शारदा अधिकारी ठेगदार पर्नु नै नरकोटको दुर्भाग्य भएको बताउँदै विदेशीको गालीले नेपालीको शिर झुकेको बताउनुभयो । त्यस्तै स्थानीयवासी यादव अधिकारी, मोहन वीर श्रेष्ठ, धिरज वाइवालगायतले सडकको वर्तमान अवस्थाले भोग्नुपरेको समस्याको वारे जानकारी गराउँदै आगामी दिनको योजनाको समेत माग गर्नुभयो ।
आयोजना प्रमुख जगत प्रजापतिले निर्माण कम्पनीले पटक पटक म्याद थप गरेको तर निर्माण सम्पन्न नगरेको बताउँदै अब पुन म्याद थप्न उक्त सडक सम्पन्न गर्ने आधार तयार भएमा मात्र थप्न सकिने जानकारी गराउनुभयो । उहाँले आयोजनामा निर्माण कम्पनीले गरेको प्रतिवद्धता प्रभावकारी हुने देखिएमा १ महिना भित्रमा म्याद थप हुने साथै रोकिएको रकम पनि १ महिनामा नै निकाशा हुने समेत जानकारी गराउनुभयो ।
स्थलगत निरिक्षण पछि स्थानीयवासीसँग भएको अन्तरक्रिया कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जहाँ समस्या त्यहाँ सरकार रहेको बताउँदै निर्माण कम्पनीले प्रतिवद्धता व्यक्त गर्ने तर कार्यान्वयन नगर्ने गरेको जानकारी गाराउनुभयो । उहाँले भक्तपुरका अन्य अधिकाशं आयोजनाहरु तिव्र गतिका साथ अघि बढिरहेको साथै केही समस्या आएमा जिल्ला प्रशासन, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरु समाधान गर्न हरदम तयार रहेको समेत प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला समन्यव समितिका प्रमुख नवराज गेलालले कुनै पनि कामको इतिहास चाहिएको नभई विकास निर्माणमा नतिजा आवश्यक रहेको औंल्याउनुभयो । उहाँले शैलुङ कन्टक्सनले समयमा काम नगरेको मात्र नभई गुणस्तरियता समेत नभएको बताउनुभयो । उहाँले निकाशा भएको रकम उक्त सडकमा प्रयोग नगरि निर्माण कम्पनीले अन्यत्र नै प्रयोग गरेकोले निर्धारित समयमा निर्माण सम्पन्न नभएको समेत बताउनुभयो ।
चाँगुनगरपालिकाका प्रमुख मिश्रले भक्तपुर नगरकोट सडक खण्ड निमार्ण कार्यमा ढिलाई हुदाँ संसदीय समितिसम्म उजुरीदिन बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसदीय समिति भन्दा ठूलो निकाय अरु नभएकाले अब काम सम्पन्न हुनेमा विश्वस्त छु ।’
सांसद बस्नेतले आयोजना समयमा निमार्ण गर्नका लागि निरन्तर खवदारी गरको र समयमा काम सम्पन्न गर्न अझ दबाव दिने बताउनुभयो । त्यस्तै समितिका सदस्यहरु यज्ञराज सुनार, रामबहादुर विष्ठ, गणेश पहारीलगायतले अबका दिनमा कसैले नेताको चाकरी गरेका भरमा निर्माणमा ढिलासुस्ती हुने दिन सकिएको बताउनुयो । उहाँहरुले लटरपटर काम गर्ने तथा गल्ती गर्नेलाई कडा कानुनी कारवाही गर्नुपर्नेमा जोड दिनुभयो ।
विकासको नाममा जनतालाई पिडा थप्नु नहुने बताउँदै सभापति खड्काले पूर्व तयारी विना गरिने विकासले नै योजनाहरु अलपत्र हुने साथै विकासका नाममा विनास हुने गरेको बताउनुभयो । मोविलाइजेशन सम्झौता हुने वित्तीकै २० प्रतिशत पाउने र त्यसपछि कसले कति पाउने भन्ने भागबण्डाले विकासमा समस्या हुने गरेको बताउँदै यो वा त्यो वहानामा विकास रोक्ने र नगर्ने छुट कसैलाई नभएको र आफुले पाएको जिम्मेवारी पुरा गर्नुको कुनै विकल्प नभएको बताउनुभयो ।
अनुगमनका क्रममा समितिका सभापति खड्काले निमार्ण कार्यलाई तिव्रता दिन स्थानीयको निरन्तर खवरदारी आवश्यक रहेको बताउँदै सडक निमार्ण कार्यमा ठेकेदारको चरम लापरवाही भएको बताइन् । अनुगमनको क्रममा खड्काले भन्नुभयो, ‘सडक निमार्णको समयावधी सकिएपनि काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको खण्डमा काम हेरेर मात्रै आयोजनाको समय थप गर्न सकिने छ ।’
सवैभन्दा ठूलो तागत नै जनता भएको बताउँदै उहाँले गुणस्तरहिन काम निर्माण व्यवसायी तथा कमजोरी गर्ने सम्बन्धीत सरकारी कर्मचारीलाई समेत कारवाही हुने चेतावनी समेत दिनुभयो । सडकको समस्याका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु समेत नगरकोट नगई अन्यत्र जान थालेको बताउँदै उहाँले विकासमा नाफामुखी हुने भएकाले आयोजनाहरु अलपत्र हुने गरेको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्