समाचार

विभत्स हत्या गरी फरार अभियुक्त पक्राउ



काठमाडौँ, १३ साउन‌‌ । १२ वर्षअघि हत्या गरी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले काभ्रे आम्बोटेका राजेश लामालाई पक्राउ गरि आइतबार सार्वजनिक गरिएको हो ।

१२ वर्ष अघि मकवानपुरकी सुनिता लामालाई ललितपुरको ईमाडोलमा विभत्स हत्या गरी फरार लामालाई प्रहरीले गत साउन १० गते ललितपुरस्थित सानेपाबाट पक्राउ गरेको हो । विवाहको टिकोटालो भइसकेपछि पनि सुनिताले विवाह गर्न नमानेपछि राजेशले आफूलाई बेइज्जत भएको महसुस गरेर चक्कु प्रहार गरी सुनिताको हत्या गरेका थिए ।

राजेशले ०६४ पुस २७ गते सुनिताको उनकै कोठमा हत्या गरी फरार भएका थिए । मंसिर २८ गते बिहे गर्ने सल्लाह भएको तर १७ गतेदेखि नै सुनिता सम्पर्कमा नआएपछि भएको बिवादमा लामाले सुनिताको हत्या गरेको प्रहरीले बताएको छ ।