चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ ।
यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।
चीन सरकारले यस सडकमा कोटेश्वर र धोबीघाटमा गरी दुई स्थानमा आकाशे पुल निर्माण गरेको थियो । विभागले दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का लगाई ठेकेदार छनोट भइसकेर काममा लागिसकेको त छ तर अहिलेसम्म कुनै पुल सम्पन्न भइसकेको छैन । यो खबर आजको नेपाल समाचरपत्रले छापेको छ ।
प्रतिक्रिया दिनुहोस्