काठमाडौँ, १३ साउन । मुलुकको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ । यो गत वर्षको बजेटभन्दा ६ अर्ब रुपैयाँले बढी हो ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा व्यापा घाटा १३.५५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७४/७५ मा व्यापार घाटा ११ खर्ब ६३ अर्ब ७४ करोड रुपैयाँ थियो । २०७५/७६ मा मुलदुकको कुल व्यापारको आकार १५ खर्ब १५ अर्ब ६४ करोड रुपैयाँ पुगेको थियो ।
जसमध्ये १४ खर्ब १८ अर्ब ५३ करोडको आयात भयो भने ९७ अर्ब १० करोड रुपैयाँको मात्र निर्यात भएको छ। आयात व्यापार १३.९३ र निर्यात व्यापार १९.३६ प्रतिशतले बढेको विभागले जनाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
प्रतिक्रिया दिनुहोस्