विश्व

किशोरीको हत्या प्रकरणमा प्रहरी प्रमुखनै बर्खास्त



एजेन्सी, १३ साउन । रोमानियामा एकजना किशोरीको हत्या प्रकरणमा प्रहरी प्रमुखलाईनै बर्खास्त गरेका छन् ।

आन्तरिक मामिलामन्त्रीले मृतक किशोरीले प्रहरीको आपत्‌कालीन टेलिफोन नम्बरमा फोन गरे पनि घण्टौंसम्म त्यसप्रति कारबाही अगाडि नबढाइको कारण प्रहरी प्रमुखलाई बर्खास्त गरेका हुन् ।

अपहरणमै परेको अवस्थामा पन्ध्र वर्षीया किशोरीले प्रहरीलाई तीन पटक फोन गरी आफूलाई राखिएको ठाउँबारे जानकारी गराए पनि प्रहरीले बेवास्ता गरेपछि अपहरित किशोरी मारिन पुगेकी हुन ।