समाचार

पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु



सिरहा, १३ साउन । सिरहामा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार अर्नामा गाउँपालिका–४ लक्ष्मीपुर पोखरीमा स्थानीय विमल यादवका १० वर्षीय छोरा दिपक र ७ वर्षीया छोरी नन्दनी डुबेर मृत्यु भएको हो ।

बिहान करिब ११ बजेतिर खेल्न निस्किएका उनीहरु आइतबार साँझ ७ बजेतिर पोखरीमा डुबेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।