Banner News

दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति हुदैन : अध्यक्ष दाहाल



काठमाडौँ, १३ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने बताएका छन ।

सोमबार बिहान आफ्नै निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्दै अध्यक्ष दाहालले क्रान्ति भनेको लाखौं करोडौं जनताको काम भएको र जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने भन्दै बिप्लव समुहको बाटो गलत रहेको बताए ।

दाहाल दाहालले हेग (अन्तराष्ट्रिय अदालत)लगे आफू झन संसारमा परिचित हुने बताउदै भने ‘हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन, हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु, ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन ।

उनले परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ कि भनी पश्चमागी तत्व लागिपरेको ठोकुवा समेत गरेका छन ।