Banner News

अनुसन्धानलाई नतिजामा पुर्‍याउन कुनै कसर बाँकी राखिने छैन : मन्त्री थापा



काठमाडौँ, १३ साउन‌‌ । गृहमन्त्री रामबहादुर थापा बादलले अनुसन्धानलाई नतिजामा पुर्‍याउन कुनै कसर बाँकी नराखिने बताएका छन ।

आज राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा बोल्दै मन्त्री थापाले सम्पादनमा कमजोर प्रहरी कर्मचारीको निगरानी भइरहेको बताएका छन् ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा तुरुन्त अपराधी पत्ता लगाई कानूनी कारबाहीमा ल्याउन नसके पनि प्रहरीले निकै गम्भीरताका साथ अनुसन्धान गरिरहेको बताउदै उनले भने, ‘अनुसन्धानलाई नतिजामा पुर्‍याउन कुनै कसर बाँकी राखिने छैन, अनुसन्धान कार्यमा हुने कुनै पनि किसिमको लापरबाहीलाई मन्त्रालयले सहने छैन ।’