समाचार

च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु



रोल्पा, १४ साउन । रोल्पामा जंगली च्याउ खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

लुङग्री गाउँपालिका वडा नं. ६ पाटेगुम्चाल बस्ने २५ बर्षीया फुर्मली बुढाथोकी, उनका सात बर्षीया छोरी सुनिता बुढाथोकी र तीन बर्षीय छोरा पुस्कर बुढाथोकीको मृत्यु भएको हो ।

पुस्करको साउन ११ गते , सुनिताको १२ गते र फुर्मलीको सोमबार बिहान ९ बजे मृत्यु भएको प्रहरीले बताएको छ । साउन ८ गते जंगली च्याउ खाएका र उनीहरुको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।