समाचार

छत्तिस हजारमै जापान यात्रा गर्न पाइने



काठमाडौँ, १४ साउन । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान जाना सकिने भएको छ ।

भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो ।

निगमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्रा्ष्ट्रिय विमानस्थलमा साताको तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्ने योजना बनाएको निगमले जनाएको छ  ।

 निगमको उडान तालिकाअनुरुप एनए ४११ उडान नम्बरको जहाज काठमाडौँबाट ओसाका दिउँसो २ः३० बजे उडेर ओसाकाबाट राति ११ः५५ बजे काठमाडौँ अवतरण गर्नेछ ।