काठमाडौँ, १४ साउन । समाजवादी पार्टी नेपालले १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनको इन्चार्जको टुंगो लगाएको छ ।
पार्टीको केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विभागीय प्रमुख तथा जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी तोकेको हो ।
३६ वटा केन्द्रीय विभाग रहेकोमा अब २३ वटा विभागको विभागीय प्रमुख तय गर्न बाँकी छ । अनुशासन समिति प्रमुखमा महेन्द्र श्रेष्ठ, लेखा प्रमुखमा अमरेशनारायण झा, निर्वाचन समिति प्रमुखमा शिवजी यादव, स्कुल विभागमा हेमराज राईलाई जिम्मेवारी दिइएको छ ।
यस्तै, स्कुल विभागको सहइन्चार्जमा डमरुबल्लव खतिवडा, राज्य व्यवस्था विभाग प्रमुखमा उमाशंकरप्रसाद शाह, कृषि तथा भूमि विभाग प्रमुखमा मदन राई छन् ।










प्रतिक्रिया दिनुहोस्