राजनीति

अपराधमा न्याय दिलाउन नेपाल असफल



काठमाडौँ, १४ साउन । सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी)मार्फत मानव अधिकार उल्लंघनका अपराधमा न्याय दिलाउने प्रतिवद्धता पूरा गर्न नेपाल असफल भएको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुले निष्कर्ष निकालेका छन् ।

एमनेस्टी इनटरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट (आईसीजे), ह्युमन राइट्स वाच र ट्रायल इन्टरनेसनलले संयुक्त विज्ञप्ति जारी गर्दै टिआरसी पुनर्गठनमा भइरहेको ढिलाइ र आयुक्त नियुक्तिको ‘अपारदर्शी प्रक्रिया’ प्रति असन्तुष्टि जनाएका छन्  । यो समाचार आजको  कान्तिपुर दैनिकमा छापिएको छ ।