काठमाडौँ, १४ साउन । निर्वाचन आयोगले आगामी मंसिर पहिलो साताभित्र संघ, प्रदेश र स्थानीय तहमा रिक्त पदहरुको उपनिर्वाचनका लागि तयारी थालेको छ ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका निर्वाचित पद विभिन्न कारणले रिक्त भएपछि आयोगले उपनिर्वाचनको तयारी थालेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनका लागि कार्यविधि निर्माणलगायतका तयारी अघि बढाइएको जानकारी दिए ।उनका अनुसार कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र उपनिर्वाचन गराउने गरी आयोगले तयारी अघि बढाइरहेको छ । यो समाचार आजको नागरिकमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्