समाचार

आज देशभरको मौसम सामान्य बदली हुने



काठमाडौँ, १४ साउन । आज काठमाडौँ लगायत देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखा नेपालबाट दक्षिणतिर सरेकोले मनसुनी गतिविधि केही दिनदेखि कमजोर बनिरहेको छ । पश्चिममा बनेको न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभावले पश्चिमको केही ठाउँमा आज दिउँसो र राति मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन् ।

वर्षा नहुँदा देशभरका अधिकांश स्थानमा तापक्र बढ्ने बताइएको छ ।