काठमाडौँ, १६ साउन । वैदेशिक रोजगारको प्रलोभनमा पारी लाखौं रकम ठगी गरेर फरार रहेकी एक जनालाई प्रहरीले पक्राऊ गरेको छ ।
सितापाइला गा.वि.स. वडा नं ६ हालको नागार्जुन नगरपालिका-३ बस्ने ४३ वर्षीय पुनम नेपालीलाई पक्राऊ गरेको हो।
शान्तकुमार तामाङ्गको जाहेरीका आधारमा पुनमलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंले नियन्त्रणमा लिएको हो । ब्यूरोले पुनमलाई १ बर्ष ६ महिना कैद र रु. १ लाख ५० हजार जरिवाना हुने जनाउँदै फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ ।
वैदेशिक रोजगारमा मानिस पठाउने इजाजत पत्र विना नै पुनमले आकर्षक वैदेशिक रोजगारको लागि शान्तकुमारलाई ६ महिना भित्र वैदेशिक मुलुक साइप्रस पठाइदिने भन्दै रु.१० लाख ५० हजार ठगेको आरोप छ ।










प्रतिक्रिया दिनुहोस्