समाचार

त्रिशुलीमा कन्टेनर खस्दा एक जना बेपत्ता



काठमाडौँ, १६ साउन । चितवन इच्छाकामना गाउँपालिका-६ त्रिसुलीमा कन्टेनर खस्दा एकजना बेपत्ता भएका छन् भने एक जना घाइते    भएका  छन ।

बुधबार दिउँसो भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको बा२१च११३३ नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना७ख३९३९ नम्बरको खाली कन्टेनरले ठक्कर दिँई अनियन्त्रित भएर त्रिशुलीमा खसेको हो ।

पर्सा विरगंज बस्ने कन्टेनर चालक कमलेश शाह बेपत्ता भएको छ भने सहचालक अजय शाह घाइते भएको प्रहरीले जनाएको छ ।