एजेन्सी, १६ साउन । मेक्सिकोमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन् ।
मोरालेस राज्यमा एउटा बेवारिसे कारमा गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागान मृत अबस्थामा फेला परेपछि सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन् ।
निर्देशक बारागानको अनुहार सहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको छ ।
रिपोर्टर्स विदाउट बोर्डर्सले सञ्चार माध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ । हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दश वर्षदेखि कार्यरत थिए ।
गत महिना पत्रकार नोर्मा साराबियाको दक्षिणपूर्वी राज्य टाबास्कोमा गोली हानी हत्या गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्