एजेन्सी, १६ साउन । अफगानिस्तानको पश्चिमी भेगमा बमलाई एक यात्रीवाहाक बसले ठक्कर दिँदा ३४ जनाको मृत्यु भएको छ ।
बुधबार बिहान फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एक यात्रीवाहक बसले ठक्कर दिँदा उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
घाइतेहरुलाई हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्