काठमाडौँ, १६ साउन । अर्थमन्त्री डा.युवराज खतिवडाले आयातमा उच्च भन्सार दर लाग्ने सामान स्वदेशमै उत्पादन गर्ने आग्रह गरेका छन ।
काठमाडौँमा आजदेखि शुरु भएको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीको शुभारम्भ गर्दै मन्त्री खतिवडाले केवल राजस्व सङ्कलनका लागि मात्र सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति नलिएको स्पस्ट पारे ।
उनले भने, भन्सार सुविधाको उपयोग गरी अब स्वदेशमै उद्योग खोल्नतर्फ तपाईंहरु लाग्नुस्, ‘कच्चा पदार्थ आयात गरौं, तर आयातमा उच्च भन्सार दर लाग्ने सामान स्वदेशमै उत्पादन गरौं ।’
सरकारले केवल आयातलाई मात्रै जोड नदिएकै कारण यस वर्ष भन्सार राजस्व कम उठेको भन्दै उनले देश सधैभरी आयातले मात्र नचल्ने बताए ।
उक्त कार्यक्रममा अर्थ सचिव राजन खनालले व्यापारको पद्धति परिवर्तन गर्दै अब वैदेशिक व्यापार निर्यातमुखी बनाउनुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्