काठमाडौँ, १६ साउन । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराई तत्कालीन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
बिहीबार बिहान मन्त्री भट्टराईले पेरिसडाँडामा स्थापना गरिएको जनयुद्धका सहिद तथा वेपत्ताहरूको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन ।
मन्त्री भट्टराई बिहीबार बिहान नै तत्कालीन एमालेको पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर मदन भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मन्त्री भट्टराईले बुधबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिँदै सिंहदरबार आएर पदभार सम्हालिसकेका छन् ।










प्रतिक्रिया दिनुहोस्