Banner News

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाखलाई रोजगारी



काठमाडौँ, १७ साउन । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा करिब २ लाख बेरोजगारले १३ दिन रोजगारी पाएका छन् । सरकारले न्यूनतम रोजगारीको ग्यारेन्टी गर्दै ती बेरोजगारलाई औसतमा १३ दिनको रोजगारी दिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार १७ लाखभन्दा बढी युवा बेरोजगारमा सूचीकृत भएका छन् । सरकारले गत वर्ष ३० दिनको रोजगारी दिने घोषणा गरे पनि १३ दिनका लागि मात्रै काम पाएका हुन् । रोजगारीको हकसम्बन्धी ऐनले एक वर्षमा कम्तीमा पनि सय दिनको रोजगारी ग्यारेन्टी गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।