काठमाडौँ, १७ साउन । मुक्तिनाथ विकास बैंकले सुविधा र व्याजदरमा आवास तथा सेयर कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले आवासीय प्रयोजनका लागि घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्निसिङ गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि सेयर कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकले ‘आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ भन्ने मुल नाराका साथ आवास कर्जा आकर्षक ब्याजदरमा २० बर्षको लागि लिन सकिनेछ । यसका साथै, बैंकले पुँजी बजारमा लगानी गर्नका लागि सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा पनि सञ्चालन गरेको छ । उक्त कर्जा, धितो राखेको सेयरको ६५ प्रतिशतसम्मको कर्जा १ वर्षका लागि लिन सकिनेछ ।
मुक्तिनाथ विकास बैकले देशैभरी १ सय १९ वटा शाखा, २५ वटा एटीएम र करिब सात लाख ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्