हाँसोले हाम्रो मनावको शारीरिक तथा मानसिक रुपमा स्वस्थ बनाउँछ ।
हेर्नुहोस हाँसोले फाइदा हरु :
१. हाँसोले तनावका हार्मोनलाई घटाई प्रतिरोधी कोष र संक्रमणविरुद्ध लड्ने एन्टीबडी वृद्धि गर्छ ।
२. हाँसोले शारीरिक र मानसिक तनाव हटाउन मद्धत गर्नुका साथै मांसपेशीलाई ४५ मिनेटसम्म आराम दिलाउँछ ।
३. हाँस्ने बानीले विना तनाव कुनै पनि प्रकारका अप्ठेरासंग जुध्ने क्षमतामा वृद्धि गर्छ ।
४. हाँसोले रक्तनलीको कार्यमा सुधार र रक्त सन्चारमा वृद्धि हुन्छ । जसले गर्दा हृदयाघात हुने र मुटुका अन्य प्रकारका रोग लाग्ने सम्भावना कम हुन्छ ।
५. दैनिक १० देखि १५ मिनेटसम्म हाँस्नाले ४० क्यालोरीसम्म घटाउन सकिन्छ । जसले गर्दा तीनदेखि ४ पाउण्डसम्म तौल घट्छ ।
६. हाँसोले स्वस्थ रहन मद्धत गर्ने इन्डोर्फिन नामक रसायन वृद्धि गर्नुका साथै अस्थायी रुपमा पीडा हटाउन पनि सहयोगी भूमिका निर्वाह गर्छ ।
७. हाँस्दा मष्तिष्कका कोशिकाबाट निस्कने इण्डोर्फिन नामक रसायनले मूड ठीक गर्न मद्धत गर्छ ।
८.नहाँस्ने मानिसभन्दा बढी समयसम्म हास्ने मानिस बाँच्छ । उक्त अध्ययन नर्वेमा गरिएको थियो ।
९.हाँस्ने बानीले मष्तिष्कमात्र नभई शरीरका सम्पूर्ण अंगमा अक्सिजन आपूर्ति गर्छ । यसले बौद्धिक स्तरका साथै शारीरिक दक्षता पनि बढाउँछ ।
प्रतिक्रिया दिनुहोस्