बुटवल, १८ साउन । रुपन्देहिको बुटवलस्थित नयाँ बसपर्कमा बसको छतमा एक युवक मृत अबस्थामा फेला परेको छ ।
पार्किङ गरिराखेको बसको छतमा गुल्मीका अन्दाजी ३५ वर्षका दीपक थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहिले जनाएको छ ।
उक्त शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्याइएको छ ।
सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्