पर्सा, १८ साउन । पर्सामा भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
विन्दवासिनी गाउँपालिका-५ प्रसौनीभाठा चौकमा बिहारको बेलासपुर-४ का प्रयाद यादवले चलाएका बीआर२२पी९८८७ नम्बरको माटरसाइकलको ठक्करबाट सोही गाउँपालिका-५ मुसहर्वाका ६५ वर्षीय भीम दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको नेशनल मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानाएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।










प्रतिक्रिया दिनुहोस्