काठमाडौँ, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बाटो नै गलत भएकाले ड्राइभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गर्नुभएको छ ।
शनिबार पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभइ व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफूलाई प्रमुख भन्ने ठूला पार्टीहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन् । जसले विदेशीको पैसा लिन्छ, त्यसले स्वाभिमानपूर्वक काम गर्न सक्दैन । जुन बाटोमा कांग्रेस र कम्युनिष्टले १३ वर्षदेखी देशलाई हिडाइँराखेका छन्, त्यो बाटो नै गलत छ ।’
उहाँले सर्वत्र मौलाउँदै गैरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्